गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा रिहा भएका छन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५/५ हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए ।
धरौटी बुझाउन नसकेपछि सोमबार जेल चलान भएका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङका सोम शर्मा मंगलबार रिहा भएका छन् ।
गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालको कार्यक्रममा तीन युवाले नारा लगाएका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो ।
प्रहरीलाई दिएको बयानमा तीनै जनाले नेपाल स्वतन्त्र युवा अभियानसँग आबद्ध रहेको बताएका छन् ।