काठमाडौं, चैत १९ : १ सय ६ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका नेता निर्विरोध भएका छन् ।
ती क्याम्पसमध्ये कोशी प्रदेशमा २१, वाग्मती प्रदेशमा १९, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ३४, कर्णाली प्रदेशमा १४, सुदूरपश्चिम प्रदेशमा तीन र काठमाडौं उपत्यकामा पाँच क्याम्पस छन् ।
त्रिभुवन विश्वविद्यालयका अनुसार देशभरका ४ सय ४८ क्याम्पसमा निर्वाचनका लागि २ सय ८४ क्याम्पसमा उम्मेदवारी परेको छ भने एक सय क्याम्पसमा द्वन्द्वका कारण उम्मेदवारी परेको छैन । त्यसपछि थप १४ क्याम्पसमा निर्वाचन अवरुद्ध भएको स्रोतले जनाएको छ ।