नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का नेता राम सहायप्रसाद यादव निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा यादवले नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनता पार्टीकी ममता झालाई पराजित गरेका हुन् ।
यादव जसपाका संसदीय दलका नेता हुन् । मंसिर २० गते भएको निर्वाचनमा उनी बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
निर्वाचन आयोगका अनुसार यादवले १ सय ८४ संघीय सांसदमध्ये १४ हजार ५३६ र प्रदेशसभाका ३२९ सदस्यमध्ये १५ हजार ७ सय ९२ गरी कुल ३० हजार ३२८ मत प्राप्त गरेका छन् ।
यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन ।
प्रदेश सभा सदस्यहरुको मतः
राम सहाय प्रसाद यादव – ३२९
अष्टलक्ष्मी शाक्य – १६९
ममता झा – १५
प्रमिला कुमारी यादव – १
संघीय संसदका सदस्यहरुको मतः
राम सहाय प्रसाद यादव – १८४
अष्टलक्ष्मी शाक्य – १०४
ममता झा – २३
प्रमिला कुमारी यादव – ०