प्रधानमन्त्री दाहाल :: सेतोपाटी :: सेतोपाटी


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ११ गतेभित्र मन्त्रिपरिषद् पूरा गर्ने बताएका छन् ।

लगानी बोर्डको शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले चैत ४ गते आफूले फ्लोर टेस्ट गर्ने र फ्लोर टेस्ट भएको चार दिनभित्र मन्त्रिपरिषद्को बैठक सम्पन्न हुने बताए ।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तारका विषयमा सत्तारुढ गठबन्धनमा रहेका सबै दलसँग छलफल गर्ने दाहालले बताए ।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । फागुन २० गते विश्वासको मत लिन्छु भनेर मैले पहिल्यै भनिसकेको छु,’ दाहालले भने । ‘त्यसको चार दिनभित्र सरकारलाई पूर्ण रुप दिनेछु ।

उनले मन्त्रिपरिषद् विस्तारमा कुनै कठिनाइ नभएको पनि बताए ।





Source link

Leave a Comment