काठमाडौं, चैत १ : संघीय संसद भवन काठमाडौंमा आज उपराष्ट्रपति पदका लागि बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्ममा सम्पन्न हुने बताइएको छ ।
उक्त पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, जनता पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहयप्रसाद यादव गरी तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।