राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले उपराष्ट्रपतिको निर्वाचनमा जनता पार्टीकी ममता झालाई भोट दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको राप्रपा पदाधिकारी र संसदीय दलको अनौपचारिक बैठकले झालाई भोट गर्ने निर्णय गरेको रासपाका एक सांसदले जानकारी दिए ।
उपराष्ट्रपतिको निर्वाचनका लागि काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
निर्वाचनमा संघीय संसद र प्रदेश सभाका जम्मा ८ सय ८१ जनाले मतदान गर्न योग्य छन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका नेता राम सहायप्रसाद यादव छन् भने नेकपा एमालेले अष्टलक्ष्मी शाक्य र जनता पार्टीले झालाई उम्मेदवार बनाएका छन् ।